
काठमाडौँ, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले कृषि र पशुपक्षी व्यवसायलाई आधुनिकीकरण गर्न नीतिगत सुधारमा विशेष ध्यान दिने प्रतिवद्धता जनाउनु भएको छ ।
नेपाल पोल्ट्री महासङ्घको तेस्रो अधिवेशनको आज उहाँले राज्यको पुरातन सोच र ऐन कानुनमा रहेको अन्तरविरोधले उद्योग व्यवसायलाई आधुनिकीकरणमा जान चुनौती खडा गरिरहेको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले सामान्य सुधारको ढङ्गबाट नभएर तत्काल परिणाम देखिने गरी काम गर्ने उहाको भनाई छ ।
पोल्ट्री व्यवसाय क्षेत्रका आय कर छुट र टहरा निर्माणलगायतमा सहुलियत दिने भनी घोषणा भएको विषयलाई कार्यान्वय गर्न सरकार गम्भीर रहेको पनि उहाँले बताउनु भयो ।
पशुपक्षी विकास मन्त्रालयका निमित्त सचिव श्यामप्रसाद पौडेलले व्यावसायिक रुपमा अघि बढन सकेको खण्डमा देशलाई आत्मनिर्भर बनाउन सकिने बताउनु भयो ।
नेपाल पोल्ट्रि महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले व्यवसाय सञ्चालन गर्न राज्यबाट अनुदान सहयोग र अनुकूल नीति भएमा आम नागरिकलाई अझै सस्तो मूल्यमा मासु र अन्डा उपलब्ध गराउन सकिने बताउनुभयो ।
भूकम्प र स्वायन फ्लुले ठूलो मारमा पारेको यो व्यवसायलाई सञ्चालनमा आवश्यक जग्गाको अभाव र निरुत्साहित गर्ने प्रवृत्तिले पनि अप्ठेरोमा पारेको व्यवसायीको गुनासो छ ।
पोल्ट्रि व्यवसायमा हाल एक लाख ५० हजार किसान संलग्न रहेका छन् भने वार्षिक कुखुराको मासु १० करोड ७९ लाख केजी उत्पादन हुने गरेका छन् ।
मुलुकमा हाल अन्डा मासिक २२ लाख उत्पादन हुँदै आएको छ ।
शुक्र, पुस २९, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रमुख खबर समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम