पर्यटकीय नगरी पोखराको विकास सरकारको प्राथमिकतामा : महरा

पोखरा, २९ पुस ।
उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले देशकै ठूलो पर्यटकीयस्थलको रुपमा रहेको पोखराको विकासप्रति सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

पोखरा उपमहानगरपालिका २१ आँै नगर परिषद्को आज उद्घाटन गर्दै अर्थमन्त्री महराले पोखराको समग्र विकासका लागि बृहत्तर गुरुयोजना निर्माण गर्नुपर्ने बताउनु भयो ।

पोखराको विकासले नेपालकै विकासमा महत्व राख्ने भन्दै उहाँलेस्मार्ट सिटीका रुपमा विकास गर्न राज्यको ध्यान जानु आवश्यक रहेको बताउनु भयो । त्यसका लागि राज्यका साथै समुदाय, निजी क्षेत्र सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने उहाँको भनाई छ ।

पोखरा उप महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।

त्यसका लागी आर्थिक बर्ष २०७४÷७५ मा स्थानीय कर, सेवा शुल्क तथा अन्य आयबाट गरी कुल आन्तरिक आम्दानी रु ६२ करोड ६५ लाख ९५ हजार र बाह्यतर्फ रु ६५ करोड ९० लाख गरी कुल एक अर्ब २८ करोड ५५ लाख ९५ हजार आय प्रस्ताव गरिएको छ ।

कार्यकारी अधिकृत ढुङ्गानाले समग्र पोखरा नगरको विकासबाट समृद्धि प्राप्तिको लक्ष्यलाई ठोस रुपमा अघि बढाउँदै तर्जुमा भएका योजनालाई प्रभावकारी र वैज्ञानिक कार्यान्वयन गर्न सम्बद्ध सबै पक्ष र निकायको सहयोग हुने विश्वास लिइएको बताउनुभयो ।

शुक्र, पुस २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...