स्थानीय निर्वाचन बिधेयकमाथि १३ वटा संसोधन

काठमाण्डौ ,२८ पुस ।

स्थानीय तह निर्वाचन सम्बन्धि बिधेयकमाथि १३ वटा संसोधन परेको छ ।
संसोधनका लागी दिईएको ७२ घण्टाको समयसिमा भित्र १३ वटा संसोधन परेको संसदको बिधेयक शाखाले जनाएको छ ।

बिधेयकमाथि संसोधनका लागि आज अपरान्ह साढे तीन बजेसम्मको समय दिएको थियो ।

यस्तै निर्वाचन कसुर तथा सजायसम्बिन्धी बिधेयकमा ९ वटा संसोधन परेको बिधेयक शाखा प्रमुख उपसचिब बबिता मिश्रले बताउनु भयो । सो बिधेयकमा भने साझ साढे ५ बजेसम्मको समय दिईएको छ ।

गत बुधबारको संसद बैठकले यी दुई बिधेयकमा संसोधन हाल्न आज सम्मको समय दिएको थियो । प्रतिपक्षी एमाले सहितका दलहरुले संसोधन हालेका छन् ।

बिहि, पुस २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter