अर्घाखाँची बासिलाई पोखरा जान सुरुङ मार्ग निर्माण गरिदिने आश्वासन

अर्घाखाँची, २८ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले प्रतिपक्षी एमालेसँग संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्ने सहमति भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालले आज अर्घखाँचीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्थानियक निकायको निर्वाचनमा जानका लागी संसोधन बिधेयकलाई प्रक्रियामा लैजाने एमालेसँग सहमती भएको बताउनु भयो । उहाँले गणतन्त्र, सङ्घीयता र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने जोड दिनुभयो ।

मन्त्री शर्माले रोल्पा र रुकुमका जनताको मागअनुसार नै ५ नं प्रदेशबाट पहाडी जिल्ला अलग्याएको पनि बताउनु भक्एो छ । अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने मन्त्री शर्माले आश्वासन दिनुभयो ।

देशभिर नै विद्युत्भार कटौती अन्त्य गर्ने गरी ऊर्जा मन्त्रालय लागिपरेको बताउँदै उहाँले अहिले काठमाडौँसहितका सहरमा विद्युत्भार कटौती मुक्त भएको उल्लेख गर्नु भयो ।

उहाँले अर्घाखाँची जिल्लाको सिमानामा रहेको नौमुरे परियोजना छिट्टै सञ्चालन हुने गरी काम भइरहेको, पश्चिमको सेती, नरसिङघाट, सल्यानमा भएको शारदा, उत्तरगङ्गा, अरुण तमोर, बूढीगण्डकीलगायतका परियोजनालाई अगाडि बढाउने गरी काम भइरहेको बताउनुभएको छ ।

बिहि, पुस २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया