चोरी तथा डकैती गर्ने योजनाकार पक्राउ

रुद्र बहादुर खड्का

सिन्धुली, २७ पुस । सिन्धुलीमाडीको १ नं बजार क्षेत्रमा आएर डकैती गर्ने र योजना वनाउने योजनाकार पक्राउ परेका छन् । प्रहरीले सिसि क्यामेराको सहायताले मुख्य योजनाकार पक्राउ परेका हुन् ।
भारतको विहार देखी आएर एक डाकाहरुको समुहले सिन्धुलीको १ नंम्वर बजारमा पुस २२ गते कमलामाई नगरपाकिलाका ६ एक नम्वर बजारमा रहेको सिकन्दर शाहको शाह आयरन पसलको सटर फुटाएर नगद र सामान लुटपाट गरेका थिए ।
प्रहरीले घटनामा संलग्न तथा मुख्य योजनाकार सर्लाहीको त्रिभुवननगर ७ शेखटोला बस्ने ५२ बर्षिय सरिफुल रहमान भन्ने शेख मोहम्मद सलिफलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सुभासचन्द्र बाहोराले जानकारी दिनुभयो ।
यस्तै सो डकैती गर्ने घटनामा संलग्न भारतको विहार राज्य वैरगनिया पंचायत वस्ने ४० बर्षिय उजिर अन्सारी, ३५ बर्षिय रामनाथ शाहा, भारतकै सुनौल बस्ने ३८ बर्षिय शेख सकिल, भारतको समस्तीपुर बस्ने ४० बर्षिय मोहम्मद दुलार, सितामाडी वस्ने ३५ बर्षिय मोहमद एलिहास र भारतको विहार राज्य वैरगनिया पंचायत वस्ने ३६ बर्षिय पुष्पु सिंहको खोजीकार्य जारी रहेको बोहोराले बताउनुभयो ।
सिन्धुलीमा उनीहरु पहिलो पटक डकैती गर्न आएको र सिसि क्यामेराको सहायताले उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरीको दावी छ ।

बुध, पुस २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...