मधेसबाट एक सिट नजित्नेले मधेसको प्रतिनिधित्व गर्न सक्दैन : भट्टाराई

काठमाडौ २७ पौष ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेसबाट एक सिट नजित्नेले मधेसको प्रतिनिधित्व गर्न नसक्ने दावी गर्नुभयो । उहाँले निर्वाचनबाट बहुमत ल्याएर संविधान संशोधन गर्न सत्तारुढ दललाई चुनौती दिनुभयो ।

स्थानीय निकायको निर्वाचन मिति तत्काल घोषणा आग्रह गर्दै उहाँले निर्वाचन गराउने मौका इतिहासले प्रदान गरेको हुँदा यसको सदुपयोग गर्न समेत प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिनुभयो ।

संविधान संशोधनको विरोधमा संयुक्त सघर्ष समितिले आज घोराहीमा आयोजना गरेको विरोध सभामा बोल्दै उहाँले आफ्नो पार्टी निर्वाचनका लागि तयार रहेको बताउनु भयो ।

अहिले परिस्थितिमा संविधान संशोधन नभई कार्यान्वयन महत्वपूर्ण रहेको भन्दै भट्टाराईले संविधान संशोधनको कार्यलाई थाती राखेर सबै दल मिली स्थानीय निकाय निर्वाचन गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

बुध, पुस २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार