भक्तपूरको तलेजु मन्दिरमा आगलागीबाट आंशिक क्षति

काठमाडौ २७ पौष ।  

विश्व सम्पदा सूचीमा रहेको भक्तपुर तलेजु मन्दिर परिषरमा आज दिउँसो आगलागी हुँदा आंशिक क्षति भएको छ । मन्दिरको जहुँ चोक र जिस्वँचोकस्थित सुवाल घरमा आगलागी हुँदा दाउरा, दलिन, काठको ¥याक र भाँडा जलेको सुवाल घरका नाइके पूण्यराम सुवालले जानकारी दिनुभयो ।

मन्दिरको दक्षिणतर्फ रहेको सुवाल घरमा अचानक लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र जुद्ध वारुण यन्त्र भक्तपुरको टोलीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले जानकारी दिनुभयो ।

तलेजुलाई बिहान भोग चढाउन प्रसाद पकाउनका लागि प्रयोग हुने दुईतले सुवाल घरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बुध, पुस २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया