सरकारले आफूलाई अन्यायपूर्ण तरिकाले हटाइएको ज्ञवालीको दावी

काठमाडौ २७ पौष ।  

भूकम्पपछिको पुनरनिर्माण तथा रहात वितरण कार्य प्रभावकारी रुपमा अघि बढाउन नसकेको भन्दै सरकारले बर्खास्त गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली अदालन जानु हुने भएको छ ।

सरकारले बर्खास्त गरेलगत्तै विज्ञप्ति जारी गर्दै त्रवालीले यस्तो बताउनु भएको हो । ज्ञवालीले आफूलाई सरकारले अन्यायपूर्ण तरिकाले हटाइएकाले कानुनी उपचार खोज्ने बताउनुभयो ।

पुनर्निर्माण र पुनर्स्थापनाको कार्यलाई द्रुत गतिमा आफूले अघि बढाईरहेको र अन्तर्राष्ट्रिय समुदायले समेत आफ्नो कामको प्रशंशा गरिरहेका बेलामा सरकारले अन्यायपूर्ण निर्णय गरेको ज्ञवालीको विज्ञप्तिमा उल्लेख छ ।

भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ बमोजिम प्राधिकरणको कार्यकाल पाँच वर्ष रहेको र प्रमुख कार्यकारी अधिकृतको पदमा आफूलाई २०७२ साल पौष १० गतेको मन्त्रिपरिषद्को बैठकबाट ऐनको दफा ११ बमोजिम पाँच वर्षका लागि नियुक्ति गरिएको ज्ञवालीले दावी गर्नुभएको छ ।

पद मुक्त गर्ने सरकारको निर्णयबाट आफू आश्चर्यमा परेको पनि उहाँले उल्लेख गर्नुभएको छ । ‘ठूलो मात्रामा क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणको नतिजाहरु एकपछि अर्कै गर्दै आइरहेका बेलामा सरकारले मलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी पदबाट हटाएको भन्ने जानकारी प्राप्त भएकोमा आश्चर्य लागेको छ’ ज्ञवालीले विज्ञप्तिमा लेख्नुभएको छ ।

दुई पटक स्पष्टिकरणमा पनि त्रवालीले चित्त बुझ्दो जवाफ नदिएको भन्दै आजको मन्त्रीपरिषद बैठकले ज्ञवालीलाई हटाएर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोबिन्द पोख्रेलालाई सिइओ नियुक्त गरेको थियो ।

बुध, पुस २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार