चन्द्रागिरीमा पृथ्वी नारायण शाहको मुर्तिचित्र निर्माण

काठमाण्डौं पुष २७ । नेपाल एकीकरण गर्ने राजा पृथ्वी नारायण शाहको २ सय ९५ औं जन्म जयन्तिको अवसर पारेर चन्द्रागिरी हिल्स लिमिटेडले डाडामा शाहको मुर्तिचित्र निर्माण गरेको छ ।
पृथ्वी नारायण शाह एक देशभक्त नागरिक भएकाले उनको अभियानसगँ सम्बन्धित क्षेत्रमा मुर्ति निर्माण गरिएको हिल्सले बताएको छ । केवलकारको माथिल्लो स्टेसनमा लिमिटेडले निर्माण गरेको मुर्तिचित्रको आज प्रधानसेनापति राजेन्द्र कुमार क्षेत्रीले उद्घाटन गर्नु भयो ।
सो अवसरमा बोल्दै चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकालले सात वर्षको मेहेनत पछि यो मुर्तिचित्र बनाउन संभव भएको बताउनु भयो ।

 

बुध, पुस २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया