पीडितलाई केन्द्रमा राखेर न्याय सम्पादन गर्नुपर्छ : प्रधानन्याधिश कार्की

काठमाडौ २७ पौष ।

प्रधान न्यायधीश सुशीला कार्कीले अझैपनि न्यायलयप्रति सर्वसाधारणको गुनासो आइरहेकाले पीडितलाई केन्द्रमा राखेर न्याय सम्पादन गर्नुपर्ने बताउनु भएको छ ।

हरेक न्यायलयले गरिब, निमुखा र पीडित जनतालाई प्राथमिकतामा राखेर न्याय सम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जिल्ला अदालत खोटाङको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधान न्यायधीश कार्कीले निमुखा, गरिब तथा अदालतसम्म पुगेर खर्च गर्न नसक्ने सर्वसाधारणप्रति न्यायकर्मी समर्पित हुनुपर्नेमा धारणा राख्नुभयो ।

असल डाक्टर सामु पुगेका बिरामीले ‘बाँच्छु’ भन्ने महसुस गरे झैँ न्यायलयमा पुग्ने सेवाग्राहीलाई न्याय पाउनेमा निश्चिन्त पार्न सक्नु पर्ने कार्कीको भनाई थियो ।

न्यायपालिकामा चाँडोभन्दा चाँडो मुद्धा किनारा लगाउने र पक्षपातरहित निसाफ गर्ने व्यवस्था भए मात्र हरेक न्यायलय सबैको आस्थाको धरोहर बन्ने प्रधान न्यायधीश कार्कीले बताउनुभयो ।

बुध, पुस २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...