पुर्नर्निमाण प्राधिकरणका सिइओ ज्ञवाली बारे आजको मन्त्री परिषद्मा छलफल हुने

काठमान्डौ पुस २७।
मन्त्रीपरिषद्को बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा विहान ११ बजेको लागि बोलाइएको छ ।

आजको मन्त्रिपरिषद्को बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीबारे निर्णय गरिने बताइएको छ ।

मन्त्रिपरिषदको नियमित बैठक हरेक साता बिहीबार बस्ने भए पनि प्राधिकरणको सीईओ जस्तो महत्त्वपूर्ण पदमा लामो समय सम्म अन्योल राख्न नहुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आजको मन्त्रीपरिषद्को बैठक बोलाउनु भएको हो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सिइओ ज्ञवालीको स्पष्टीकरणको जवाफ चित्तबुझदो नभएको निष्कर्ष निकाल्दै पुनः दोस्रोपटक २४ घण्टे लिखित स्पष्टीकरण माग गरेको थियो ।

सिइओ ज्ञवालीले दिएको २४ घण्टेको दोस्रो स्पष्टीकरण पनि चित्त बुझ्दो नभएको भन्दै आजको बैठकमा त्यस बारे छलफल र निर्णय गरिने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

सरकारले ज्ञवालीले भूकम्पपछिको पुर्नआवासका लागि पीडितलाई अनुदान वितरण कार्य प्रभावकारी रूपमा अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै हटाउने तयारी गरेका बेला प्राधिकरणको सिइओमा योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेलको नाम अघि सारेको छ । पोखरेल नेपाली कंग्रेस निकट हुनुहुन्छ ।

बुध, पुस २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter