नयाँ घर बनाएपछि सिन्धुलीका भुकम्प पीडित खुसी

पुस २६ सिन्धुली ।  किरात याक्थुङ चुम्लुङ हङकङको सहयोगमा सिन्धुलीको तीनकन्या गाविसमा १६ घर निर्माण गरी भूकम्प पीडितलाई हस्तान्तरण गरिएको हो । चुम्लुङ र स्थानीय बासिन्दाको साझेदारीमा बनेका घरहरु सामूहिक रुपमा हस्तान्तरण गरिएको छ । चुम्लुङको तर्फबाट जस्तापाता तथा निर्माण खर्च व्यवहोरिएको थियो भने स्थानीय घरधनीको तर्फबाट स्थानीय कच्चापदार्थ जुटाइएको थियो ।

घरहरु बनाउनेमा तीनकन्या गाविस वडा नं। ६ का रमेश ठकुरी, बेगबहादुर ठकुरी, लालबहादुर ठकुरी, आनन्द ठकुरी, बुद्धिबहादुर ठकुरी र भक्तबहादुर मगर छन् भने । त्यस्तै वडा नम्बर ७ का इन्द्रबहादुर आले र दानबहादुर आले र वडा नं. ८ का आइतसिंह स्याङ्तान, यामबहादुर गुरुङले पनि घर बनाएका छन् । त्यसैगरी, वडा नं. ९ का रुद्रमान विक, ज्ञानबहादुर विक, डोरबहादुर राना, प्रेमबहादुर खपांगीमगर, मिनबहादुर मगर, स्वस्तीमाया मगर, खम्बसिंह विकका लागि घर पाएर हस्तान्तरण गरिएको गाउँ सहयोग अभियान नेपालका संयोजक डण्ड गुरुङले बताउजु भयो ।

घरहरु ४ लाख ४० हजार रुपैयाँ लागतमा निर्माण गरिएको हो । घर हस्तान्तरण कार्यक्रममा एक लाख रुपैयाँ बराबरको कपडा वितरण गरिएको थियो । घर निर्माण सहयोगका लागि चुम्लुङको समन्वयमा एभरेष्ट तेक्वान्दो एकेडेमी हङकङ, इस्बो समाज सेवा समिति हङकङ, बेष्ट रेमिट, हङकङ, ग्राण्ड मास्टर आठौं डान वु जुङ पिल र रविनकुमार नाल्वोको विशेष सहयोग रहेको घर निर्माण संयोजक शेरबहादुर लक्सम्बाले जानकारी दिनुभयो ।

मङ्ल, पुस २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...