नापी अधिकृत झा घुससहित पक्राउ

काठमाडौ २६ पौष ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले टीकाथलीस्थित २ नम्बर नापी कार्यालयका अधिकृत प्रेमचन्द्र झालाई घुससहित पक्राउ गरेको छ ।

आज दिउँसो गएको अख्तियारको टोलीले झालाई रु एक लाख ५० हजार रुपैयाँ घूससहित नापी कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

एक सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले झालाई घूस रकम सहित पक्राउ गरेको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो ।

पक्राउ परेका झाको अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

मङ्ल, पुस २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...