रुस्लान कप क्रिकेटमा पुलिस र आर्मीको विजयी सुरुवात

काठमाडौ २६ पौष ।  

आजदेखि सुरु भएको दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी विजयी भएका छन् । आजको उद्घघाटन खेलमा पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई पराजित गरेको हो ।

किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । खेलमा पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनायो ।

एकसय ८४ रनको लक्ष्य पच्छ््याउदै जवाफी ब्यटिङमा मैदान उत्रेको हिमालयन क्रिकेट एकेडेमी १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय २ रनमा समेटिएपछि पुलिस क्लव विजयी भएको हो ।

हिमालयनका लागि भुपेन्द्र थापाले ७३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । यस्तै आजै भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लवले न्यु राइजिङ स्टारलाई ९ विकेटले पराजित गरेको छ ।

न्यु राइजिङ स्टार क्लवले दिएको ८८ रनको झिनो लक्ष्य आर्मीले ११ दशमलव १ ओभरमा १ विकेट गुमाएर भेटाएको थियो । आर्मीका लागि सागर पुनले ३९ र महेश क्षेत्रीले २४ रन बनाए । प्रतियोगिता उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घघाटन गरेका थिए ।

मङ्ल, पुस २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...