प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी आन्तरिक कार्य्विधि अनुमोदन

काठमाडौँ, २५ पुस ।

व्यवस्थापिका–संसदले ‘प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी आन्तरिक कार्य्विधि, २०७३’ अनुमोदन गरेको छ ।

संसद्को आजको बैठकले सरकारलाई संसद्प्रति जवाफदेही बनाई सर्वसाधारण जनतालाई सरकारको काम कारबाहीको जानकारी प्रत्यक्ष रुपमा गराउन बनेको बिधेयक अनुमोदन गरेको हो ।

अनुमोदित कार्यबिधि अनुसार प्रत्येक महिनाको दोस्रो आइतबार पहिलो दुई घन्टा प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र रहेका मन्त्रालय र उहाँसँग प्रत्यक्ष सम्बन्ध राख्ने महत्वपूर्ण बिषयका प्रश्न सोध्नका लागी समय छुट्याईनेछ ।

त्यस्तै जरुरी र महत्वपूर्ण विषयका प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको दोस्रो र चौथो बुधबारको पहिलो दुई घन्टा निर्धारण गर्न सक्नेछन् ।

त्यस्तै आजको बैठकमा ‘राष्ट्रिय महिला आयोग विधेयक, २०७३ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाईएको छ ।

बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राज्यमन्त्री नियुक्तिसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

सभामुखले कार्यव्यवस्था परामर्श समितिमा केही सदस्यहरुको नाम हेरफेर भएको जानकारी गराउनुभयो ।

सोम, पुस २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter