पुन भन्छन् ,पृथ्वीनारायणको योगदान सम्झनु उपयुक्त हुन्छ

काठमाडौँ, २५ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहबाट भएको योगदानलाई सम्झनु उपयुक्त हुने बताउनुभएको छ ।

राप्रपाले ‘राष्ट्रिय एकता दिवस’का अवसरमा पुस २७ गते आयोजना गर्न लागेको चियापान कार्यक्रमका लागी निमन्त्रणा दिन गएको प्रतिनिधिमण्डलसँग उहाँले सो कुरा बताउनु भएको हो ।
राप्रपाले पुस २७ गते भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दैछ । पार्टीले आइतबार राष्ट्रपतिलाई भेटी निमन्त्रणा दिएको थियो ।

सोम, पुस २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया