पहिले जस्तो सजिलै सरकार छाड्छु भन्ने भ्रम नपाल्नुहोस् : प्रचण्ड

चीतवन , २५ पुस ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पूर्ण कार्यान्वयन गरेरमात्रै सरकार छाड्ने बताउनु भएको छ ।

प्रेस सेन्टर चितवनले आज भरतपुरमा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघामा बोल्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहको निर्वाचन गरि संबिधान कार्यान्वयन गरेर मात्रै सरकारबाट बाहिरिने बताउनु भयो ।

उहाँले भन्नुभयो , पहिले जस्तो सजिलै सरकार छाड्छु भन्ने भ्रममा हुनुहुन्छ भने त्यसलाई त्याग्नुस् ।

प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक पेश गर्ने क्रममा संसदमा एमालेले गरेको विरोध सहमति अनुसार नै भएको पनि दाबी गर्नुभयो ।

एमालेले संसदमा अवरोध गर्ने र सरकारले संशोधन प्रक्रिया अघि बढाउने सहमति भएको भन्दै उहाँले बाहिर राजनीतिक किचलो जस्तो देखिए पनि आन्तरिक रुपमा सबै कुरा मिलिसकेको बताउनु भयो ।

यस्तै , प्रधानमन्त्री दाहालले पुरक बजेट ल्याउने सम्भावनाबारे सम्बन्धित निकायमा छलफल भइरहेको पनि बताउनु भयो ।

सोम, पुस २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया