संसदको रुलिङ विपरित टेबुल भएको संशोधन विधेयक विफल पार्छाै : नेपाल

विराटनगर, पुस २५।
नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रतिपक्षी दलको विरोधको बाबजुद पनि सभामुखले संसद्को रुलिङ विपरित संविधान संशोधन विधेयक टेवुल गरेको आरोप लगाउनु भएको छ ।

नेता नेपालले विपक्षीको असहमति हुदा हुदै पनि संशोधन विधेयक दर्ता भएको भन्दै विधेयकलाई जसरी भए पनि विफल पार्ने दावी गर्नु भयो ।

विराटनगरमा आज पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले संसदीय मूल्य र मान्यता विपरित सरकारले जबरजस्ती संशोधन विधेयक संसदमा पेश गरेको आरोप लगाउनु भएको हो ।

नेता नेपालले प्रतिपक्षको विरोध र असहमति हुँदा संसद् बैठक स्थगित गर्ने चलन रहँदै आएकोमा त्यसविपरीत गएर संशोधन विधेयक दर्ता गराउनु अशोभनीय भएको जिकीर गर्नू भयो ।

सोम, पुस २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...