जलवायु परिवर्तन पहिचानका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुदै

काठमाडौ २५ पौष ।  

राजधानीमा भोलीदेखि जैविक विविधता, जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालय, जनसंख्या तथा वातावरण, कृषि, वन मन्त्रालय तथा त्रिवि वनस्पति शास्त्र केन्द्रीय विभाग एवम् कृषि तथा वन विश्वविद्यालय लगायतको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

आगामी पौष २८ गतेसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, चीन, पाकिस्तान लगायत २० वटा मुलुकको सहभागिता रहनेछ ।

सम्मेलनमा जैविक विविधता जलवायु परिवर्तनको असर, मिचाह प्रजाति अन्तर्गतका विभिन्न वनमारा तथा वातावरणीय र पर्वतीय समस्याका बारेमा छलफल हुने जनाइएको छ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय तहमा खोज अनुसन्धान गरिएका करिब ३ सय कार्यपत्र प्रस्तुत गरिने समितिका सचिव डा मोहन सिवाकोटीले जानकारी दिनुभयो ।

कार्यक्रममा करिब दुई सय नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्ताले समेत कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सोम, पुस २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter