नेकपा एमाले मोरङको आठौँ अधिवेशन आजदेखि विराटनगरमा

काठमाडौ २५ पौष । 

नेकपा एमाले मोरङको आठौँ जिल्ला अधिवेशन आजदेखि विराटनगरमा हुने भएको छ । तीन दिनसम्म चल्ने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनमा जिल्लाका ८ सय ८२ जना प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको एमाले मोरङका जिल्ला अध्यक्ष महेश रेग्मीले जानकारी दिनुभयो ।

अधिवेशनलाई सफल बनाउनका लागि १४ वटा उपसमिति गठन गरिएको छ भने अधिवेशन सम्पन्न गर्न करिब २५ लाख लाग्ने अनुमान गरिएको रेग्मीले बताउनु भयो ।

सोम, पुस २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter