संशोधन विधेयकमाथि छलफल अघि बढाउने संसदको तयारी

काठमाडौ २५ पौष ।  

व्यस्थापिका संसदको बैठक आजपनि बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा सरकारले हिजो सदनमा प्रस्तुत गरेको संविधान संसशोधन विधेयकमाथिको छलफल अघि बढाउने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

असन्तुष्ट पक्षको माग सम्बोधनका लागि भन्दै सरकारले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको करिब एक महिनापछि सदनमा हिजो प्रस्तुत गरिएको हो ।

एमालेसहितका विपक्षी दलको विरोधका बाबजुद सरकारका तर्फबाट कानुनमन्त्री अजय शंकर नायकले हिजो संशोधन विधेयक छलफलका लागि सदनमा पेश गर्नुभएको हो ।

यद्यपी सरकारले आफूहरुलाई ढाँटेर विधेयक सदनमा टेबल गरेको भन्दै छलफललाई अघि बढ्न नदिने प्रतिपक्षी दलको चेतावनी छ ।

यता सत्तारुढ दल भने कुनैपनि हालतमा संशोधन विधेयकलाई पारित गराएर छाड्ने रणनितिमा रहेको नेताहरुले बताएका छन् ।

सोम, पुस २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...