बच्चा जन्माए पछि पुरुष बन्दैछिन् बेलायतकी यी महिला !

एजेन्सी । ब्रिटेनकी एक २० वर्षे महिला जो पुरुष बन्ने प्रकृयामा रहेकी छिन् हर्मोन परिवर्तन गराएर । उनी कानुनी रुपमा पुरुषको मान्यता पाईसकेकी छन् । उनले आफ्नो चाहना एउटा बच्चा पनि जन्माउने रहेकाले अहिले फेसबुकबाट अपील गरे पछि स्पर्म दाता भेटाएका कारण बच्चा जन्माउने भएकी हुन् ।
उनलाई बेलायती कानुनले अब बच्चा जन्माउने पहिलो पुरुषको मान्यता दिदै पनि छ । हेडेन क्रस नामकी ती युवतीले मेल हर्मोन्स ट्रिटमेन्ट गराईरहेकी छन् जो पृकृया पूरा भए पछि उनको लिंग परिवर्तन हुने छ र उनी पुरुष हुने छिन् ।
हेडेनले शुरुमा बेलायतको हेल्थ सर्भिस सगँ आफ्नो डिम्ब फ्रिज गरेर राख्ने र पछि बच्चा जन्माउने चाहना राखेकी थिईन् तर त्यसलाई अस्वीकार गरिए पछि उनले शुरुमै बच्चा जन्माउन चाहेकी हुन् । अहिले उनको पेटमा ४ महिनाको गर्भ रहेको छ ।
पूर्ण रुपले लिंग परिवर्तन पछि हेडेनको स्तन तथा पाठेघर हटाईने छ । उनले पुरुष बन्ने प्रकृयाका लागि २९ हजार पाउण्ड खर्च गरेकी छन् ।
लिंग परिवर्तन गर्दा कुल ६ वटा अप्रेसन गर्नु पर्ने र आजीवन औषधी सेवन गर्नु पर्ने बाध्यता रहने चिकित्सकहरुले बताएका छन् । हर्मोन आपुर्तिका लागि निरन्तर सतर्कता र औषधी सेवनको जरुरी हुन्छ ।  उनी संसारमै बाउ भएर बच्चा जन्माउने पहिलो व्यक्ति बन्दैछन् ।

आइत, पुस २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...