एनआइसी बैंकको हरियाली अभियान


काठमाडौ २४ पौष ।   

सामाज प्रतिको उत्तरदायित्व बोध गर्दै एनआइसी बैंक धरानले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र ५० वटा अशोकको विरुवा रोपेको छ ।

वैंकको केन्द्रीय सकुर्लर अनुरुप हरियाली अभियानका रुपमा एनआइसी बैंकको देशका विभिन्न स्थानमा भएका वैंकबाट ७ हजार रोप्ने सर्कुलर जारी गरेपछि धरानस्थित शाखा कार्यालयले समेत यो बर्षभित्र विभिन्न जातका १ हजार विरुवा रोपिसक्ने भएपनि आइतबार भने ५० वटा विरुवा रोपेको हो ।

बाकी रहेका अशोक, टिक, आप लगायतका विरुद्धहरु आगामी वैसाख जेष्ठतिर रोप्ने एनआइसी बैंक धरान शाखाका प्रमुख मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

एनआइसी बैंले देशभरि रहेका आफ्ना शाखाहरुको पहलमा विद्यालय, अस्पताल, सरकारी कार्यालय परिषर, खेलकुद मैदान आदिमा वृक्षरोपण गर्ने अभियान अन्तर्गत स्वास्थ्य क्षेत्र मानिएको बीपीमा १ हजार विरुवा रोपिएको उहाले जानकारी दिनुभयो ।

वृक्षरोपण कार्यक्रमको उद्घाटन प्रतिष्ठटानका रजिष्टार तुलबहादुर श्रेष्ठले गर्नुभएको थियो । एनआइसीले केही समय पश्चात पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पस धरानमा समेत १ हजार विभिन्न जातका विरुवाहरु रोप्ने शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

आइत, पुस २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया