पहिले प्राप्त उपलब्धी संस्थागत गरौं : भट्टाराई

काठमाडौ २४ पौष ।  

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन गरी राजनीतिक निकास दिने कार्यमा अवरोध पुर्याउन कुनै पनि लोकतान्त्रिक दललाई शोभा नदिने बताउनु भएको छ ।

उहाँले संसद अवरुद्ध गर्न छाडेर सहमतिका साथ संविधान कार्यन्वयन र मुलुकको हितमा काम गर्नतिर लाग्न एमालेलाई सुझाव समेत दिनुभयो ।

सप्तरीमा आज बुद्धिजिवी र राजनीतिक दलका प्रतिनिधिसँगको भेटमा उहाँले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता लगायतका प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि वर्तमान संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका भट्टाराईले पहिले जनआन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण गरेर नमिलेका कुरा क्रमशः संशोधन गरी अघि बढ्न सकिने धारणा राख्नु भयो ।

संघीयताको नमिलेको विषयलाई संविधान संशोधन मार्फत् मिलाउन सकिने भन्दै उहाले संसदको अवरोध हटाउन प्रतिपक्षी एमाले लगायतका दलसँग आग्रह गर्नुभयो ।

आइत, पुस २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया