काभ्रेको पर्यटकिय छेत्र कुसादेबिमा प्याराग्लाइडिङ …

काभ्रे ,२४ पुस ।

राजधानी काठमाडौ बाट झन्डै ३० किलोमीटरको दुरिमा रहेको काभ्रेको कुसादेबि अब देशकै नमुना पर्यटकिय स्थल बन्ने भएको छ ।

भौगोलिक बनावट सङ्गै प्राकृतिक र हावापानीको हिसाबले समेत अन्य छेत्रमा भन्दा अत्यन्तै उत्कृष्ट रहेको कुसादेबी मा अब आन्तरिक तथा बाह्य पर्यटक हरुले दृश्य अबलोकन देखि प्याराग्लाइडिङ सम्म एकै ठाउँ बाट गर्न सक्ने भयका छन ।

पर्यटन मन्त्रालय र कुसादेबी सरोकार समाज को पहलमा गोदावरी देखि फुल्चोकी र फुल्चोकी देखि नागिडाडा हुँदै कुसादेबी सम्म साइकिल्ङका लागि सिढी बाटो निर्माण कार्य पूरा भै सक्यको ,बस्नको लागि गुर्दुमडाडा मा होम स्टे हरुको निर्माण भै सक्यको र लाकुरि भञ्ज्याङ् बाट मोटर बाटो समेत जोडी सकियको हुदा यश छेत्रमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने जानकारी कुसादेबी सरोकार समाजका सचिब पुरुसोतम अधिकारले दियका छन ।

यस्तै उनका अनुसार आउदो माघ ९ गते कुसादेबी ६,गुर्दुम डाडा र कुसादेबी ५ नागिडाडा बाट झन्डै नौ पटक सम्म सगरमाथा आरोहण गरि सक्यका पेम्बा सेर्पाको नेतृत्व मा प्याराग्लाइडिङ समेत परिछ्ण हुने बतायका छन ।

प्याराग्लाइडिङ को लागि अत्यन्तै सुरछित र सम्भावना रहेको कुसादेबी छेत्रमा यश पछी नियमित प्याराग्लाइडिङ सन्चालन गरिने जस्ले गर्दा आन्तरिक र बाह्य पर्यटक हरुको वृद्धि हुने जानकारी अधिकारिले दियका छन ।

यस्तै पौष २९ गते सिढी बाटो प्रयोग गरि साइकिल्ङ का लागि कुसादेबी बाट गुर्दुम पुगेर होम स्टे मा बसि माघ ९ गते प्याराग्लाइडिङ उडाइने साथै नागी डाडा बाट विभिन्न हिम सिखर को दृश्य अबलोकन गर्न कार्यक्रम रहेको जानकारी अधिकारी ले दियका छन ।

उनका अनुसार भौगोलिक बनावट मा सबैभन्दा उत्कृष्ट रहेको कुसादेबी छेत्रमा सरकारको समेत ध्यानाकर्षण भै सक्यको हुदा सुबिधा र सेवा थप गरि ब्यबस्थित बनाउन समाज लागि रहेको बतायका छन ।

यस्तै प्याराग्लाइडिङ परिछण कार्यक्रममा प्रमुख जिल्ला अधिकारि ,विभिन्न मिडियाका पत्रकार सुरक्षा प्रमुख तथा स्थानीय जनता साथै विभिन्न छेत्रका मानिस हरुको सयौ को सङ्ख्यामा सहभागीता रहने अधिकारीले जानकारी दियका छन ।

आइत, पुस २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...