विकासको गति तीव्र हुन नसक्नु दुर्भाग्यपूर्ण : बराल

पुस २१ सिन्धुली । व्यवस्थापिका संसद अन्र्तगत कृषि तथा जलस्रोत समितिका सभापति मोहन प्रसाद बरालले विकास तीव्र गतिमा हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको बताउनु भएको छ ।
कमलामाई नगरपालिकाको २२ सौँ नगर परिषदबाट पारित आर्थिक वर्ष ०७४÷०७५ को बार्षिक नीति तथा कार्यक्रम र बजेट बक्तव्य कार्यक्रमलाई सवोधन गर्दै उहाले सिन्धुली जिल्लालाई धेरै ठूल्ठूला रोडहरुले छोएको जिल्ला भए पनि जिल्लामा विकासले गति लिन नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो ।
पूर्व पश्चिम मध्य पहाडी लोकमार्गलाई सरकारले ठूलो बजेट विनियोजन गरे पनि अझै तीव्र गतिमा काम हुन नसकेको बरालको भनाई थियो ।

कमलामाई नगर पालिकालाई स्वच्छ र हराभरा सुन्दर नगर पालीका बनाउनको लागि स्थानिय स्रोत साधन, परिचालन र स्थानिय सहभागिताबाट नगर पालिकाको विकाश र्निमार्णको काम तीव्र गतिमा हुने उहाले बताउनु भयो ।

कार्यक्रममा कमलामाई नगरपालिकाका कार्यकारी अधिकृत जगत प्रसाद भुसालले सडक निमार्ण , निकृष्ट बालश्रम मुक्त वडा घोषणा र यस नगरपालीकाको वडा नं. ३, ८ र १३ लाई सडक सन्जाले जोडने बताउनु भयो ।

वार्षिक बजेट आ.ब. २०७३÷०७४ को ८० ला ३२ हजार बालमैतित्र स्थानिय कार्यक्र तर्फ १ करोड १२ लाख ९० हजार स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम ६३ लाख ६५ हजार सामाजिक सुरक्षा कार्यक्रमतर्फ ५ करोड ५१ हजार मालपोत रजिष्ट्रृ्सन तर्फ साथै विभिन्न क्षेत्रमा रकम बाँडफाँड गरेको जानकारी दिनु भयो ।
२२ औँ नगर परिषदबाट स्वीकृत गरेको आन्तरीक आय तर्फ १ करोड ८८ लाख २ हजार साथै नेपाल सरकारले २६ करोड ३३ लाख ८१ हजार गरी जम्मा २८ करोड २१ लाख ८३ हजार आय अनुमान प्रस्तावित गरेको छ ।
चालुतर्फ १ करोड ५३ लाख ६० हजार संचालन सेवा खर्च ३८ लाख ६२ हजार साथै पुजिगत खर्च तर्फ ८ करोड ४२ खाल २७ हजार जम्मा चालु खर्च १० करोड ३४ लाख ४९ हजार रहेको छ । पुजिगत खर्चतर्फ रु १७ करोड ८७ लाख ३४ हजार अनुमानित गरिएको सार्व जनिक गर्नु भयो ।

बिहि, पुस २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य देश/राजनीति समाचार

Like us On Facebook

Follow Us On Twitter