सरकारले भोलीको संसद बैठकमा संशोधन प्रस्ताव टेबल गर्ने


काठमाण्डौ, पुस २३ ।

सरकारलेसंविधान संशोधन प्रस्ताव भोली बस्ने संसद बैठकमा टेबल गर्ने तयारी गरेको छ ।

प्रस्ताव पेश गर्नेबारे आज नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल , सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मधेसी मोर्चाका नेताबीच अनौपचारिक छलफल समेत भएको छ ।

यस्तै संशोधन प्रस्ताव पेश गर्ने तयारीबारे राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले पनि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग टेलिफोन वार्ता गर्नुभएको छ ।

टेलिफोन वार्तामा प्रधानमन्त्री र कांग्रेस सभापति देउवाले आइतबार बस्ने संसद बैठकमा संशोधन प्रस्ताव पेश गर्ने मौखिक सहमती भएको जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले यसअघि नै भोली बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव टेबल गर्ने बताउनु भक्एो थियो ।

शनि, पुस २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया