धनगढी प्रिमियर लिगका लागी खेलाडि लिलामी प्रक्रिया सुरु

काठमाण्डौ ,२३ पुस ।

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताका लागी खेलाडी लिलामी (अक्सन) प्रक्रिया सुरु भएको छ ।

आगामि चैत ५ गतेदेखि १९ गतेसम्म सन्चालन हुने प्रतियोगिताका लागी आज बिहान १० बजेदेखि काठमाडौंको याक एन्ड यती होटलमा खेलाडि लिलामि प्रक्रिया सुरु भएको हो ।

सहभागी टोलीले खेलाडिको बर्गिकरण अनुसार न्युनतम २० हजारदेखि खेलाडिको लिलामि गरिरहेका छन् । अक्सनका लागी आयोजकले माग गरेको अनलाईन आवेदनमा २ सय ६० जनाले फारम भरेका थिए ।

ती मध्ये २ सय १७ जनालाई अक्सनमा राखिएको आयोजकले जनाएको छ । आवेदकहरु मध्येबाट प्रत्येक टोलीका १५ जनाको दरले ९० खेलाडिको लिलामि हुनेछ ।

डिपिएलमा एउटा टोलीले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता नजनाएका ४ जना खेलाडि राख्नैपर्ने प्रावधान छ ।

नेपाल क्रिकेट प्लेअर संघसँगको सहकार्यमा अक्सनका लागी खेलाडिको वर्गिकरण गरिएको छ ।
प्रतियोगितामा विराटनगर क्ङिस , काठमाण्डौ गोल्डेन , रुपन्देहि च्यालेन्जर्स लगायत ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

अहिलेसम्म टिम चौराहा धनगढीले नेपाली राष्ट्रिय टोलीका विकेटकिपर राजु रिजाल र प्रेम तामाङलाई ७० हजारमा र पृथु बास्कोटालाई ९० हजार लिलाम गरेको छ ।

आरिफ शेखलाई ४टोलीले अधिकत्तम ८० हजार भाउ लगाएकोमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का सम्मिलित टिम चौराहाधनगढीले गोलाप्रथामा पाएको छ ।

मञ्जीत श्रेष्ठलाई काठमाडौं गोल्डेन्सले ४० हजारको भाउ लगाई अनुबन्धित गरेको छ ।

कञ्चनपुर आइकोनले ग्रेड बीका सुनिल धमलालाई अधिकत्तम ८०हजार रुपैंयामा खरिद गरेकोछ । नेपालका ओपनरका लागि तीन टिमले पुरै भाउ लगाएका थिए ।

ग्रेड ए मा रहेका अलराउन्डर महबुब आलमलाई सीवाईसी अत्तरियाले अधिकतम १ लाखको भाउ लगाएर अनुबन्धित गरेको छ । लिलामि प्रक्रिया जारी छ ।

शनि, पुस २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter