कार्कीको नियुक्ती अवैधानिक रहेको भन्दै सर्बोच्चमा परेको रिटमाथि आजपनि सुनवाई हुदै

काठमाडौ २२ पौष । 

निलम्वित अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्ती अवैधानिक रहेको भन्दै सर्बोच्च अदालतमा परेको रिटमाथि आजपनि सुनवाई हुदैछ ।

न्यायाधिश इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टाराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा जारी सुनुवाईमा आजपनि प्रतिवादीका तर्फबाट कानुन व्यवासायीले बहस गर्नेछन् ।

आज प्रतिवादीका तर्फबाट बहस सक्काएर निवेदकको तर्फबाट पनि बहस सक्काउने तयारी छ । प्रतिवादी र निवेदकका तर्फबाट बहस सके आजै सर्बोच्चले फैसला वा निर्णयका लागि समय तोक्नेछ ।

यसअघि हिजो भएको बहसमा कार्कीका तर्फबाट वरिष्ठ अधिवक्त सुशिल पन्त, अधिवक्त बाबुराम कुँवार, महदेव यादव र सुरेन्द्र महत्तोले कार्की उच्च नैतिक चरित्रको भएको तर्क राखेका थिए ।

बहसका क्रममा उनीहरुले कार्की आयोगका प्रमुख हुन योग्य रहेको, पुनरावलोकनका लागि बनेको मुद्धामा निस्साको आदेश दिनुपर्ने अवस्था नदेखिएको लगायतका तर्क राखेका थिए ।

योग्यता नपुगेको व्यक्तिलाई अख्तियार प्रमुखमा नियुक्ति गरिएकाले बदर गर्न माग गर्दै अधिवक्त ओमप्रकाश अर्यालले सर्बोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

शुक्र, पुस २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया