पहिले स्थानीय निकाय निर्वाचन, अनि मात्र संविधान संशोधन : कोईराला

काठमाडौ २१ पौष ।  

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संसोधन प्रकृयामा जानुपर्ने वताउनु भएको छ ।

प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्य गर्न दलहरु स्थानीय निकायको निर्वाचनका लागि तयार हुनुपर्ने बताउनुभयो ।

तहगत निर्वाचनमा जान अहिलेको अवस्थामा समय नरहेको भन्दै यथास्थितिमा नै स्थानीय निर्वाचन हुनुपर्नेमा महामन्त्री कोइरालाले जोड दिनुभयो ।

स्थानीय निकायको निर्वाचन सम्पन्न गरेपछि दलहरुवीच छलफलको माध्यामवाट संविधान संशोधनको प्रकृयालाई टुंग्याउन सकिने कोइरालाले बताउनु भयो ।

एक फरक प्रसंगमा उहाँले ८४ प्रतिशत हिन्दु धर्मालम्वी रहेको मुलकमा हिन्दू राष्ट्र बनाउने विषयमा कुरा उठ्नु स्वाभाविक रहेको जिकिर गर्नुभयो ।

तीन तहको निर्वाचन सम्पन्न गरेर धर्म निरपेक्षताका विषयलाई जमतसंग्रहवाट टुंग्याउन सकिने महामन्त्री कोइरालाको भनाई छ ।

बिहि, पुस २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया