‘संविधान संशोधन नभइ निर्वाचन घोषणा गरिए कुनैपनि निर्वाचनमा मोर्चा सहभागी नहुने’

काठमाडौ २० पौष ।  

मधेशी मोर्चा आवद्ध दल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नगरी निर्वाचन घोषणा गरिए मोर्चा निर्वाचनमा सहभागी नहुने उदघोष गर्नुभएको छ ।

जिल्ला कार्यसमिति काठमाडौले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पछिल्लो समय संशोधन अल्पमतमा पारिएको खण्डमा चुनावमा भाग नलिने प्रष्ट पार्नु भयो ।

संविधान संशोधन विधेयक संसदवाट पारित गराउनका लागि बहुमत आवश्यक भएको भन्दै उहाँले मधेसको अधिकार दिने कुरामा संशोधन अल्पमतमा पारिए आफूहरु कुनैपनि निर्वाचनमा सहभागी नहुने जिकिर गर्नुभयो ।

प्रतिपक्षी एमाले संविधान संशोधनलाई अल्पमतमा पार्ने षड्यन्त्रमा लागेको आरोप लगाउदै उहाँले मधेसी जनजातिको हक अधिकार सुनिश्चत गर्न एमालेसहितको समर्थनमा बहुमतले संविधान संंशोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

बुध, पुस २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...