पुस २२ देखि पोखरामा तेस्रो इन्जिनियरिङ प्रदर्शनी हुने

पोखरा, २० पुस ।

आगामि पुस २२ र २३ गते पोखरामा तेस्रो इन्जिनियरिङ प्रदर्शनी हुने भएको छ ।

सूचना तथा प्रविधिको विकासका माध्यमबाट उद्योग तथा व्यापारको क्षेत्रमा आधुनिकीकरण एवम् वैज्ञानिकीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले प्रदर्शनि गर्न लागिएको आयोजकले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल इन्जिरियरिङ क्याम्पस पोखराका प्रमुख नारायण गौतमले इन्जिनियरिङ विषयका न्यूनतम ४० वटा प्रदर्शनी स्टल राखिने जानकारी दिनुभयो ।

उहाँले प्रविधिको अधिकतम उपयोगबाट विश्वव्यापी सूचना तथा प्रविधि, भौतिक आधारशिलाको विकासका साथै वस्तु तथा सेवाको उत्पादनमा मितव्ययिता र उद्योग तथा व्यापारमा आधुनिकीकरण गरी समाजको परिवर्तन गर्न सकिने नमुना प्रस्तुत गर्नका लागि प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

विद्यार्थीद्वारा निर्मित सोलार कार, जलकुम्भी झार निकाल्ने उपकरण, धान काट्ने मेसिन लगायतको प्रदर्शनी हुने जानकारी दिँदै गौतमले यस्ता प्रदर्शनीले काम गर्ने विधि र यन्त्रबाट उत्पादकत्व वृद्धि गर्दै लागत घटाउन सकिन्छ भन्ने कुरालाई सर्वसाधारणसमक्ष पु¥याउन सकिने विश्वास लिइएको बताउनुभयो ।

बुध, पुस २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया