संशोधनलाई प्रक्रिया मार्फत अघि बढाउन मोर्चाले सरकारलाई दबाब दिदै

काठमान्डौ पुस २० ।

संविधान संशोधन विधेयकलाई प्रक्रियामा अघि नबढाएको भन्दै सरकारसँग रुष्ट बनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनको बैठक आज बस्दै छ ।

सर्वाेच्च अदालतको आदेश पछि संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने बातावरण बनेको भन्दै विधेयक पारित गराउन अख्तियार गर्ने रणनीति तयार पार्ने विषयमा छलफल गर्न गठबन्धन र मोर्चाको छुट्टा छुट्टै बैठक बस्न लागेको सद्भावनाका महासचिव मनिष कुमार सुमनले जानकारी दिनु भयो ।

उहाँका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक मध्यान्ह १२ बजे पछि बस्ने छ भने संघीय गठबन्धनको बैठक अपरान्ह तीन बजे पछि बस्ने छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन विधेयक फिर्ता लिन सरकारसँग माग गरिरहेका बेला मधेस केन्द्रित दलहरुले भने विधेयक पारित गराउन मोर्चाका तर्फबाट खेल्ने भूमिकाका विषयमा साझा धारणा बनाउन लागेका हुन् ।

सर्वाेच्चको आदेश पछि संशोधन विधेयकलाई अघि बढाउन एमाले लगायत अन्य दलको अवरोध नहुने भन्दै आजको बैठकले तत्काल प्रक्रिया मार्फत विधेयक अघि बढाउन सत्तासिन दलहरुलाई दबाब दिने विषयमा छलफल गर्न लागेको मोर्चाका नेताहरुले बताएका छन् ।

संशोधन विधेयक पारित गर्नका लागि सत्तासिन दलहरुलाइ दबाब दिन कै लागि मधेसी मोर्चाले एमालेको मधेसी सांसदहरुसँग पनि छलफल गर्ने तयारी गरेको छ ।

सत्तासिन दलले संशोधन प्रस्तावलाई अघि बढाउनुको सट्टा विभिन्न बहाना बाजी गरी रहेको भन्दै मोर्चाले अव यस्ता बहानबाजी नचल्ने जनाएको छ ।

आफूहरुसँग सरकारले गरेको सहमति अनुसार नै प्रक्रिया अघि बढाउनु पर्ने भन्दै मोर्चाले जसरी पनि दुइ तिहाइ समर्थनमा संशोधन विधेयक पास गर्नु पर्नेमा जोड दिएको छ ।

बुध, पुस २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter