नाटकमा डायलग बोल्दा बोल्दै कलाकार विष्णुभक्त फुयालको आकस्मिक निधन

पुष १९ काठमाण्डौं । तितो सत्य लगायतका टेलिसिरियलमा अभिनय गरीसकेका कलाकार विष्णु भक्त फुयालको मृत्यु भएको छ ।
आज साझ राष्ट्रिय नाचघरमा साहित्यकार सत्यमोहन जोशीको “यज्ञवल्क” नामक नाटकको मञ्चन भईरहेका राजा जनकको भूमिकामा खेलिरेका बेला अचानक ढले पछि बीर अस्पतालमा लगिएको थियो ।
बीर अस्पतालले साझ ६ बजेतिर मृत घोषित गरेको नाटकका निर्देशक बद्री अधिकारीले जानकारी दिनु भयो । नाटकमा राजा जनकको हैसियतमा बोल्दा बोल्दै चक्कर लागे जस्तो भयो भन्दै ढलेका फुयालको ८० वर्षको उमेरमा निधन भएको हो । मञ्चमै ढले पछि सबैले नाटकको पर्दा बन्द गरी उहालाई अस्पताल पुरयाईएको थियो ।

अवीरल बग्दछ ईन्द्रावती जस्ता सिरियलमा अभिनय गरेका फुयाल प्रेसर र डायवेटीजको औषधी लिईरहेका थिए । निर्देशक अधिकारीले फुयालले पटक पटक आफू नाटक खेल्दा खेल्दै मर्न पाए राम्रो हुन्थ्यो भनेर जिस्किने गरेको स्मरण  गर्नु भयो ।

स्वर्गीय फुयालको पार्थिव शरीरलाई भोली दिउसो ११ देखि २ बजे सम्म अन्तिम श्रदाञ्जलीका लागि प्रज्ञा भवनमा राखिने जनाईएको छ ।

मङ्ल, पुस १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया