मधेसीको माग पुरा गर्न संविधान संशोधन

सप्तरी, १९ पुस । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म कुनै प्रकारको निर्वाचन गराउन नहुने बताउनुभएको छ ।

राजविराजस्थित प्रेस मञ्च सप्तरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाले संबिधा संशोधन नगरि चुनावको घोषणा गरिए आफुहरुले अस्वीकार गर्ने बताउनु भयो ।

लोकतन्त्रको सुदृढीकरणका लागि संविधानको कार्यान्वयन आवश्यक भएपनि संविधान संशोधन नगरीकन कार्यान्वयन हुन नसक्ने उहाँको भनाई छ ।

संविधान संशोधन नभएसम्म मधेसीको समस्या समाधानसमेत नहुने पनि महत्तोले बताउनुभयो ।

मङ्ल, पुस १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...