सांसद मण्डलद्धारा २१ वटा योजना सार्वजनिक

विराटनगर, १९ पुस । सांसद शिवकुमार मण्डलले मोरङ क्षेत्र नं ४ का आठ गाविस र एक नगरपालिकामा २१ वटा योजना सार्वजनिक गर्नुभएको छ ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरी निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत छनोट भएका योजना सार्वजनिक गर्नुभएको हो ।

उहाँले चालु आवमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत रु तीन करोडबाट २१ योजना र निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत रु ५० लाखको बजेटबाट थप पाँच गाविसमा सडक मर्मत र कल्भर्ट निर्माणका लागि योजना छनोट गर्नुभएके छ ।

सो क्षेत्रमा पर्ने रङ्गेली नगरपालिकाका साथै अन्य आठ गाविसमा छनोट भएर पारित भएका योजनाका साथै लागतसमेत सो अवसरमा सार्वजनिक गरिएको थियो ।

जिविस मार्फत गरिने ती निर्माणका काम उपभोक्ता समितिमार्फत चालु आवमै सम्पन्न गरिने छ । उहाँले आफूले विकास निर्माणमा जोड दिएको र गोष्ठीका लागि बजेट विनियोजन नगरिएको पनि स्पष्ट पार्नुभयो ।

मङ्ल, पुस १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...