संसद बैठक बस्दै नबसी आइतबार सम्म स्थगित

काठमाडौं, पुस १९ ।

व्यवस्थापिका संसदको बैठक आगामि आइतबार सम्मका लागि स्थगित गरिएको छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरुले सहमति जुटाउन समय मागेपछि सभामुख ओनसरी घर्ती मगरले आगामि पुस २४  गतेसम्मको समय दिनुभएको हो ।

नेताहरुले अबको संसद बैठक अवरोध नगर्ने बताएपछि सभामुखले दलहरुबीच थप सहमतीका लागी आजको बैठक स्थगित गरेको उहाँका प्रेस संयोजक बबिन शर्माले बताउनुभयो । अब संसदको अर्को बैठक आगामी आइतबार दिउँसो १ बजे बस्नेछ ।

गत मंसिर १६ गतेदेखि प्रमुख प्रतिपक्षी एमाले सहित ९ दलले संबिधान संसोधन प्रस्तावको बिरोध गदै संसद बैठक अबरोध गर्दै आएका थिए ।

लगातार सदन अवरुद्ध हुदा संविधान संशोधन विधेयक र निर्वाचन , अख्तिीयार प्रमुख लोकमानसिंह कार्की बिरुद्ध परेको महाअभियोग प्रस्ताव अलपत्र परेको थियो ।

मङ्ल, पुस १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...