करेन्ट लागेर गैंडाको मृत्यु

कावासोती, १८ पुस । नवलपरासीको गैंडाकोट–७, गैरीमा आज विहान एक वयश्क गैंडा मृत भेटिएको छ ।

सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले करेन्ट लगाएर गैंडा मारेको हुन सक्ने बताउनुभयो ।

निकुञ्ज क्षेत्रभन्दा बाहिरी क्षेत्रमा गैँडा मरेकाले त्यसको अनुसन्धान जिल्ला वन कार्यालय, नवलपरासीले गरेको उहाँले जानकारी दिनुभयो । गैंडाको मृत्युबारे अनुसन्धान गर्न सहायक वन अधिकृत ईश्वर वाग्लेलाई वन कार्यालयले खटाएको छ ।

गैंडाको पोष्टमार्टम गर्दा प्रारम्भिक रिपोर्टमा करेन्ट लागेर गैंडा मरेको हुन सक्छ । उहाँले भन्नुभयो–‘विद्युतीय तारबार क्षेत्र नभएकाले मान्छेले नै करेन्ट लगाएको हुन सक्छ विस्तृत अध्ययन गर्दैछौं ।”

गैंडाको शरीर परीक्षणका लागि चिकित्सकसहितको टोली सेक्टर वन कार्यालय, कावासोती आएको थियो ।

सोम, पुस १८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य देश/राजनीति समाचार

Like us On Facebook

Follow Us On Twitter