एमाले र माओवादी केन्द्रको वैचारिक मुद्धा एक : भट्टराई

काठमाडौँ, १७ पुस । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपाली काँग्रेस, नेकपा९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच वैचारिक मुद्दा खासै फरक नभएको जनाउँदै उहाँले मधेसलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

वर्तमान राजनीतिक गतिरोधको अन्त्यका लागि रिपोर्टर्स क्लब नेपालको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उहाँले प्रमुख दलबीच देखिएको अहिलेको मतभेद संविधान संशोधनसँग नभई सत्ता बाँडफाँटसँग केन्द्रित रहेको आरोप लगाउनुभयो ।

“राजनीतिक गतिरोध अन्त्यका लागि वार्ताबाहेक अरु बाटो नभएको भन्दै अब धेरै गतिरोध लम्ब्याउँदै लैजानु नहुने बताउनु भयो । तराई–मधेसमा उठेको मुद्दा हाम्रै समस्या हुन्, त्यहाँ उठेको चासोलाई सम्बोधन गर्न संविधान संशोधन गरेर निर्वाचनमा जानु उपयुक्त हुने उहाको भनाई छ ।

सोम, पुस १८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...