
काठमाडौ १८ पौष ।
सरकारले संसदमा दर्ता गराएको संबिधान संसोधन बिधेयक फिर्ता गर्न माग गर्दै विपक्षी दलले आज पनि व्यावस्थापिका संसदको बैठक अबरोध गरेका छन् ।
आज दिउसो १ बजे बसेको बैठकमा एमाले सहितका संसोधन बिधेयकको बिरोधमा रहेका ९ दलका सांसदले विधेयक फिर्ता लिएर निर्वाचनमा जाने वातावरण बनाउन सरकारसँग माग गर्दै अबरोध गरेका थिए ।
बैठक सुरु हुनेबित्तिकै नेकपा मालेकी सांसद कमला बिश्वकर्माले संबिधान संसोधन बिधेयक फिर्ता नलिएसम्म संसद चल्न नसक्ने बताएपछि विपक्षी दलका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध जनाएका थिए ।
पटक पटक संसद अबरुद्ध हुदा निर्वाचन सम्बिन्धी बिधेयक अलपत्र परेको भन्दै सभामुख ओनसरी घर्तीले आ आफ्नो स्थानमा बस्न सांसदहरुलाई आग्रह गरेपनि उनीहरुले बिरोध जारी राखेपछि आजै अपरान्ह ४ बजे पुन बस्ने गरी स्थगित गर्नुभयो ।
आजको बैठकमा बोल्दै सांसद बिश्वकर्माले सीमाङ्कनको फेरबदल गर्ने अधिकार वर्तमान सरकारसँग नभएको भन्दै संविधान विपरीत रहेको ऊ प्रस्ताव फिर्ता गर्न माग गर्नुभयो ।
उहाँले संशोधनमा अङ्गीकृत नागरिकताको प्रमाणपत्र दिनेलाई खुकुलो बनाउन, मातृभाषा नरहेको भाषालाई कामकाजी भाषा बनाउन खोजिएको आरोप लगाउँदै संशोधन प्रस्ताव राष्ट्रहित, एकता र सुरक्षाको पक्षमा नरहेको उल्लेख गर्नुभयो ।
प्रस्तावित विधेयमा ५ नं प्रदेशबाट तराईलाई अलग गरेर एक मधेस एक प्रदेशको अवधारणा लागू गर्न खोजेको उहाले आरोप समेत लगाउनु भयो ।
यसैबीच , आगामी २०७४ माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले सहमतीमा आउन राजनितिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
हाल संसद्को गतिरोध अन्त्य गर्न आह्वान गर्दै उहाँले यसका लागि सहयोग गर्न प्रमुख प्रतिपक्षीदललाई पनि आग्रह गर्नुभयो ।
सदनको आजको बैठकको कार्यसूचीमा स्थानीय तहको निर्वाचन सम्बन्धी विधेयक र संबिधान संसोधन बिधेयक प्रस्तुत हुने कार्यसुची थियो । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बिरुद्ध परेको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।
संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने माग राख्दै प्रतिपक्षी दलले मङ्सिर १६ गतेदेखि निरन्तर संसद् बैठक अवरोध गर्दै आएका छन् ।
सोम, पुस १८, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रमुख खबर समाचार

Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले