१२ घण्टामा दुई पटक एमाले माओवादी शीर्ष नेताहरुको गोप्य छलफल

पुष १७ काठमाण्डौं । लामो गतिरोध  जारी रहेका बेला सत्तारुढ एकीकृत माओवादी र एमालेका शीर्ष नेताहरुबीच एकै दिनमा दुई पटक गोप्य र अनौपचारीक बार्ता भएको छ ।

बिहान माईतीघरमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच घण्टौ गोप्य वार्ता भएको १२ घण्टा आसपासमै दुवै दलका अन्य नेताहरु समेत बसेर पुनः वानेश्वरमा घण्टौ छलफल भएको छ ।
बढ्दो राजनीतिक गत्यावरोधका बीच दुवै दलका शीर्ष नेताहरुको गोप्य वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अघिल्लो सरकारका बेला सत्ता गठबन्धनमा रहेका दुवै दलका नेताहरुले राजनीतिक निकाश , ससदको गतिरोध तोड्ने र तीन वटै निकायको निर्वाचन कहिले गर्ने भन्ने विषयमा गंभीर छलफल गरेको बताईएको छ ।
दुवै दलका नेताहरुले ७४ सालको मंसीर सम्ममा निर्वाचन सक्ने विषयमा छलफल गरे पनि भोली बालुवाटारमा बिहान १० बजे तीन दलका शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको एक नेताले जानकारी दिनु भयो ।
वानेश्वरमा राति ९ बजे सम्म भएको छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहितका अन्य नेताहरु थिए भने एमालेका तर्फबाट अध्यक्ष ओली , विष्णु पौडेल सहितका नेताहरु सहभागी थिए ।

आइत, पुस १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य ब्यानर समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter