संसोधन प्रस्ताव फिर्ता नलिए समस्या बल्झने चेतावनी

बर्दिवास, १७ पुस ।
नेकपा(एमाले)का नेता माधवकुमार नेपालले सरकारले प्रमुख विपक्षीलाई बेवास्ता गरी प्रस्ताव पेस गर्न खोजे समस्या झन् बल्झने बताउनु भयो ।

महोत्तरीको बर्दिवासमा जिल्लाका आफ्नै दलका अगुवा कार्यकर्तासँगको भेटमा सरकारले अवरुद्ध संसद् खोल्न पहल नगरेको आरोप लगाउनुभयो ।

आफ्नो पार्टी सहमति र आपसी सहकार्यको राजनीतिबाट अघि बढ्न तत्पर रहेको बताउँदै उहाँले संशोधन प्रस्ताव फिर्ता लिनासाथ अरु प्रक्रिया अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।

उहाले भन्नुभयो, एमालेलाई मधेस विरोधी भनेर हल्ला पिट्नेलाई म चुनावको घोषणा गरेर जनतामा पुग्न चुनौती दिन्छु, मधेसी जनता समुचित निर्णय दिन सक्षम छन् ।

आइत, पुस १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया