दोस्रो हेटौंडा अन्तराष्ट्रिय गोल्डकपमा आज मनाङ मस्र्याङदी र एपीएफ विच प्रतिस्पर्धा हुने

काठमान्डौ पुस १७ ।
हेटौंडामा जारी दोस्रो हेटौंडा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा आज सशस्त्र प्रहरीको एपिएफ र मनाङ मस्र्याङदी क्लब विच प्रतिस्पर्धा हुदै छ ।

यी दुइ टोली विचको खेल हेटौडाको वन विज्ञान मैदानमा हुने छ । प्रतियोगिता सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा भएको हो ।

यस अघि हिजो भएको खेलमा पोखराको सहारा क्लबले प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सहाराले नेपाल पुलिस क्लबलाई २ –० गोल अन्तरले पराजित गरेको हो ।

आगामी पुस २३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले ५ लाख नगद पुरस्कार र सिल्ड प्राप्त गर्ने छ । यस्तै दोस्रो हुने टोलीले ३ लाख पुरस्कार प्राप्त गर्ने छ ।

आइत, पुस १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...