आज देखि स्वयम्भूबाट पनि लाइसेन्स दिइने

काठमान्डौ पुस १७ ।
यातायात व्यवस्था विभागले आज देखि राजधानीको स्वयम्भुबाट पनि सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गर्ने भएको छ ।

लाइसेन्स लिनका लागि सेवा ग्राहीको चाप अत्याधिक भएकाले विभागले आज देखि स्वयम्भु स्थित यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्र वितरण गर्न लागेको हो ।

गत साता बाट मात्रै लाइसेन्सको अनलाइन फारम सुरु गरेको विभागले सेवाग्राहीको चाप बढेकै कारण स्वयम्भु लगायत मुलुकभर थप नयाँ कार्यालय विस्तार गर्ने भएको छ ।

यस्तै विभागले लाइसेन्स वितरण कार्य आगामी पुस २७ गतेबाट भक्तपुरको सल्लाघारी र राजधानीको चावहिलबाट पनि सञ्चालन गरिने जनाएको छ ।

आइत, पुस १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया