आज चौथो अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै


काठमान्डौ पुस १७। 

आज चौथो अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । दिवसको यस वर्षको नारा हाम्रो सान हाम्रो पहिचान भन्ने तय गरिएको छ ।

नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि विश्वभर अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको छ ।

दिवसको अवसरमा हाम्रो मान हाम्रो शान र पहिचान, नेपाली पोशाकलाई सम्मान’, ‘हाम्रो अभियान मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान’ लगायतको नारा लेखिएका प्लेकाड सहित काठमाडौंको माइतीघर मण्डलामा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

आइत, पुस १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया