संबिधान कार्यान्वयन नभए समुन्नत नेपालको परिकल्पना सम्भव छैन : खनाल

काठमाण्डौ ,पुस १६ ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संबिधान कार्यान्वयन नभएसम्म समुन्नत नेपालको परिकल्पना गर्न नसकिने बताउनु भएको छ ।

पृथ्वी विचार अभियान नेपालले आज राजधानीमा गरेको कार्यक्रममा वरिष्ठ नेता खनालले संविधान कार्यान्वयनबाटमात्रै विकासले गतिलिने बताउनु भयो ।

मुलुकमा लोकतान्त्रिक बाटोमा हिँड्ने प्रण सबैले गरिसकेकाले अब संविधान कार्यान्वयनमा ढिलाइ गर्न नहुने उहाको भनाई छ ।
उहाले पृथ्वीनारायण शाहले राष्ट्र एकीकरणमा गरेको योगदानलाई अहिलेको नेतृत्वले पनि आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो ।
आगामि पुस २७ गते उहाकै सम्झनामा राष्ट्रिय एकता दिवस भव्यरुपले मनाउनुपर्ने विचार व्यक्त गर्दै नेता खनालले संविधान कार्यान्वयन नै पृथ्वीनारायण शाहको सच्चा सम्मान हुने बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुले मुलुकमा स्थायी शान्ति र राष्ट्रिय अखन्डतालाई जोगाइराख्न पृथ्वीनारायण शाहले गरेको योगदानको स्मरण गरेका थिए ।

शनि, पुस १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter