मुख्य तीन दल मिल्नुको विकल्प छैनः नेम्वाङ

इलाम, १६ पुस ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयनका लागि प्रमुख तीन दल मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।

आज इलामको महमाई गाविसको गाउँ परिषद्को उद्घाटन गर्दै नेता नेम्वाङले संविधान जारी गर्दा जस्तै अहिलेपनि मिले निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।

मुख्य दललाई मिलेर स्थानीय निकाय, प्रदेश र राज्यको निर्वाचन सम्पन्न राउन जनताले दबाब दिनुपर्ने उहाले बताउनु भयो ।

उहाँले माइखोलाको चण्डालघाटमा निर्माणाधीन पक्की पुल यसै चालु आवमा सम्पन्न हुने र गरूवा र स्थानीय खोलामा यसै वर्षदेखि दुईवटा पक्की पुलको निर्माणकार्य सुरू गरिने जानकारी दिनु भयो ।

महमाई गाविसका सचिव चन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि रु दुई करोड ७० लाखको अनुमानित आयव्यय प्रस्तुत गर्नुभयो ।

शनि, पुस १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया