पावर पोल्टिक्सका कारण कांग्रेस कमजोर , विपिको निति अपनाऔ : सिंह


काठमाण्डौ ,१६ पुस ।
नेपाली कांग्रेस नेता प्रकाशमान सिहले संविधान संसोधन विधेयकलाई प्रक्रियामा जान बाट रोकेर बिपक्षी दलले संसदिय अभ्यासलाई कमजोर बनाएको आरोप लगाउनु भएको छ ।

कांग्रेस काठमाडौ क्षेत्र नं ८ ले आयोजना गरेको कायक्रममा बोल्दै कांग्रेस नेता सिहले संसोधन बिधेयकलाई छिटो टुङग्याउनु पर्नेमा सदनमा लगातार अबरोध गरेको भन्दै संसदिय अभ्यास कमजोर पार्ने खेल जारी राखे स्वयम एमालेलाई नै घाटा हुने बताउनु भयो ।

नेपालका ठुला दलहरुले नै पदती जोगाउन नसक्दा मुलुक संकटमा आउने गरेको भन्दै उहाले सिस्टमलाई जोगाएर सोहि अनुरुप काम गरेमात्र जनचाहना अनुसार निति तथा व्यावस्थामा सुधार आउने बताउनु भयो ।

अहिले दलहरुका बिचमा संसोधनका बिषयमा रसाकस्सि चलेरहेको छ उहाले भन्नुभयो, यदि यो ब्यवस्था नै जोगाउन नसके बाकि सबै कुरा गौण हुनेभएकाले त्यसको जिम्मेवार स्वयम दलहरुनै बन्नुपर्नेछ ।

प्रक्रिया बाटै संसोधन बिधेयकबारे टुङगो लाग्नुपर्नेमा उहाको जोड छ । मुलुकमा निर्वाचनको घोषणा गरेर जान समय कम हुदै गएकोले राष्ट्रियताकोे बिषयमा मेलमपलापको निति लिनुभएका बिपिले जस्तै अहिलेका दलहरुले पनि दलीय स्वार्थभन्दा माथि उठेर उहाको विचारलाई आत्मासात् गर्न सके समस्या समाधान हुने बताउनु भयो ।

फरक प्रसंगमा बोल्दै नेता सिंहले २०४६ सालपछि काग्रेसभित्र पावर पोल्टिक्स सुरु भयको र मुल्य मान्यताको राजनिति गर्नेहरु पाखा लाग्नथालेकाले सत्याग्रहजस्तो कठोर काल खन्ड भोगेको चर्चा गर्नुभयो । अहिलेपनि सोहि अवस्था रहेको भन्दै अहिलेका नेताहरुले पनि त्यसलाईनसुधारे पाटि कमजोर हुने बताउनु भयो ।

शनि, पुस १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया