
काठमाडौ १६ पौष ।
व्यवस्थापिका संसदमा सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई अघि बढाएर स्थानीय तह निर्वाचन सम्बन्धि कार्यतालिका निश्चित गर्ने विषयमा मधेशी मोर्चा सहमत भएको छ ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको छलफलमा संविधान संशोधन प्रस्तावलाई अघि बढाएर स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जान मोर्चाले सहमति जनाएको हो ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा प्रधानमन्त्री दाहालका साथै मधेसी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायत सहभागी हुनुहुन्थ्यो ।
छलफलमा मुलुकको पछिल्लो राजनितिक अवस्था, संसदको जारी गतिरोध, संशोधन विधेयक, स्थानीय निर्वाचन, लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
शनि, पुस १६, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रमुख खबर समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम