सडकमा बाईक रोकेर सेल्फी खिच्दा एकको मृत्यु, अर्का घाइते

झापा, पुस १५ ।
मेची राजमार्गअन्तर्गत् ईलामको कोल्बुङ–२ मा सेल्फी खिच्दै गरेका एक व्यात्तिको बसको ठक्करबाट निधन भएके छ ।

कोल्बुङ, सानो पाथीभरानजिकै सेल्फी खिच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्बाहाम्फेको आज साँझ बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको हो ।

फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको को १ ख ३५६१ नम्बरको बसले सम्बाहाम्फेलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले बताउनु भयो ।

सोही घटनामा २५ वर्षीय रोशन कन्दङ्वा गम्भीर घाइते भइ उपचारका लागि झापातर्फ ल्याइँदै गरेको बताइएको छ ।

झापाबाट पाँचथरतर्फ मे६प २४१ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई सडकपेटीमा मोटरसाइकल रोकेर कोल्वुङमा सेल्फी खिच्दाखिच्दै बसले ठक्कर दिएको थियो ।

शुक्र, पुस १५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...